भारत जाँदै प्रचण्ड 

Share this
703shares
मुलुकी खबर
prach
clock२०८२ पुस २०, आइतबार ०९:२४
भारत जाँदै प्रचण्ड 

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल  ‘प्रचण्ड’ आइतबार (आज) साँझ भारत जाने भएका छन् ।

नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीमा हुने नेकपा एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन उनी जान लागेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुने नेता प्रचण्डले नेपाली समुदायका साझा सरोकार, नेपाल-भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसरहरूका बारेमा विशेष सम्बोधन गर्नेछन् ।

नेपाली समाज भारतका महासचिव आरबी खड्काका अनुसार, भारतमा बसोबास गर्ने नेपालीहरूलाई एकताबद्ध गर्दै उनीहरूमा सामाजिक, राजनीतिक चेतना अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.