रास्वपा र बालेन शाहबीच भोलि औपचारिक एकता घोषणा

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २०, आइतबार १४:१३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि सोमबार ‘बृहत्तर एकता घोषणा सभा’ गर्ने भएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले भोलि दिउँसो १ बजे प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहबाट पार्टी एकताको औपचारिक घोषणा हुने जानकारी दिएको हो।

रास्वपाले यसअघि नै पुस १३ र १४ गते काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरिसकेको थियो। भोलि हुने विशेष सभाले सोही सहमतिलाई मूर्तरूप दिँदै एकता प्रक्रियालाई पूर्णता दिने रास्वपाले जनाएको छ।

पार्टीका अनुसार भोलिको सभाबाट नयाँ बन्ने एकीकृत शक्तिले आफ्नो आगामी राजनीतिक कार्यदिशा र कार्ययोजनाबारे पनि स्पष्ट पार्नेछ। मेयर बालेन शाहको टिम र उज्यालो नेपालसँगको यो एकताले आगामी निर्वाचन र समसामयिक राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषय अहिले चर्चामा छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.