मस्जिद तोडफोड विवादले वीरगञ्ज तनावग्रस्त: सुरक्षा व्यवस्था कडा

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २१, सोमबार १३:२७

वीरगञ्ज । धनुषामा भएको मस्जिद तोडफोडको घटनालाई लिएर सुरु भएको विवादका कारण वीरगञ्ज महानगरपालिका क्षेत्र सोमबार बिहानैदेखि तनावग्रस्त बनेको छ। हिन्दु र मुस्लिम समुदायका प्रदर्शनकारीहरू एकअर्काविरुद्ध सडकमा उत्रिएपछि स्थिति नियन्त्रण बाहिर जान नदिन सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।

आइतबार मुस्लिम समुदायले धनुषाको घटनालाई लिएर प्रदर्शन गरेको थियो। त्यसको विरोधमा र हिन्दु देवीदेवतामाथि अभद्र टिप्पणी गरिएको भन्दै सोमबार बिहानैदेखि विभिन्न हिन्दुवादी सङ्गठनहरू प्रदर्शनमा उत्रिएका हुन्। हिन्दु धर्मको अपमान गर्नेहरूलाई कारबाहीको माग गर्दै उनीहरूले नाराबाजी गरिरहेका छन्।

पर्सा प्रहरीका अनुसार अहिले दुवै समुदाय आमनेसामने भएर प्रदर्शन गरिरहेका छन्। सम्भावित झडप र हिंसालाई रोक्न प्रहरीले वीरगञ्जको मुख्य क्षेत्र मकालु चोकमा सर्वसाधारण र प्रदर्शनकारीको प्रवेशमा रोक लगाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजु कार्कीले मकालु चोकबाट मुस्लिम बस्ती छपकैयातर्फ जान र छपकैयाबाट मुख्य बजारतर्फ आउन बन्देज लगाइएको जानकारी दिए।

स्थिति उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति कायम गर्न सक्रियता देखाएको छ। प्रशासनले निकास खोज्नका लागि हिन्दुवादी सङ्गठनका प्रतिनिधिहरूसँग छलफल सुरु गरेको छ। विवादलाई संवादमार्फत टुङ्ग्याउन र सामाजिक सद्भाव कायम राख्न प्रशासनले स्थानीय नागरिक समाज र अगुवाहरूलाई पनि अपिल गरेको छ।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.