इलामका बाढी-पहिरोपीडितलाई हङकङबासी इलामेलीहरूको १० लाख सहयोग

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २२, मंगलबार १३:४०

इलाम । गत असोजमा आएको अविरल वर्षापछिको बाढी र पहिरोबाट प्रभावित इलामका पीडित परिवारलाई ‘इलामेली समाज हङकङ’ले आर्थिक सहयोग प्रदान गरेको छ। समाजले जिल्लाभरका ज्यान गुमाउनेका परिवार तथा घाइतेहरूका लागि कुल १० लाख ४९ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको हो।

इलाम अरनिको संग्रहालयमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष भीम चापागाईंको उपस्थितिमा उक्त रकम पीडितहरूलाई हस्तान्तरण गरियो। राहत वितरण कार्यमा समाजका पूर्वअध्यक्ष दलबहादुर गुरुङ, सदस्य शिशिर राई र इलाम साहित्य समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले सहजीकरण गरेका थिए।

गत असोज १७ देखि तीन दिनसम्म परेको वर्षाले इलाममा ३९ जनाको ज्यान लिनुका साथै सडक, पुल, खानेपानी र विद्युत् जस्ता भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको थियो। विपद्को मारमा परेका जिल्लाबासीलाई राहत पुर्‍याउने उद्देश्यले यो सहयोग संकलन गरिएको समाजले जनाएको छ।

सन् २००१ मा स्थापना भएको इलामेली समाज हङकङले प्राकृतिक विपद्, स्वास्थ्य उपचार, शिक्षा र सामाजिक उत्थानका क्षेत्रमा निरन्तर मानवीय सहयोग गर्दै आएको अध्यक्ष वसन्त विपिनले बताए। समाजले यसअघि पनि आगलागी र महामारी जस्ता संकटका बेला इलामका विपन्न र प्रभावित परिवारलाई आर्थिक सहायता प्रदान गर्दै आएको छ।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.