कोशी प्रदेश सरकारमा मोरङबाट ४ मन्त्री

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २२, मंगलबार १८:४५

विराटनगर । कोशी प्रदेश सरकारमा मोरङबाट ४ जना मन्त्री बनेका छन् । मन्त्रीपरिषद्को सेट नै फिर्ता गरेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार एमाले र कांग्रेसबाट ४–४ मन्त्री र १–१ राज्यमन्त्री नियुक्त गरेका थिए । नियुक्त भएका मन्त्रीहरुमा मोरङका मात्रै ४ जना छन् ।

कांग्रेसबाट मन्त्री बनेका भीम पराजुली, मानबहादुर लिम्बू र राज्यमन्त्री शोभा चेम्जोङ मोरङका हुन् । एमालेबाट आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनेका उमाकान्त गौतम मोरङका हुन् ।

मंगलबार एमालेले विदुर लिङथेपलाई आर्थिक मामिला, चिन्तन (तिलचन) पाठकलाई खानेपानी, इन्द्रमणि पराजुलीलाई आन्तरिक मामिला तथा कानुन र रामकुमार महतोलाई सामाजिक विकास मन्त्री बनाएको छ । उमाकान्त गौतमलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनाइएको छ ।

कांग्रेसबाट प्रदीप सुनुवार भौतिक पूर्वाधार, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्री, मानबहादुर लिम्बू स्वास्थ्य र इस्राइल मन्सुरी उद्योग तथा कृषि तथा सहकारी मन्त्री बनेका छन् । शोभा चेम्जोङलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.