
विराटनगर । नेपाली कांग्रेस काेशी प्रदेश सांसद प्रदीपकुमार सुनुवार चौथोपटक मन्त्री बनेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार सुनुवारलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाए । यसअघि उनी तीन पटक मन्त्री बनेका थिए ।
२०८० असार २१ गते उद्धव थापाले मुख्यमन्त्री हुँदा उनलाई मन्त्री नियुक्त गरेका थिए । २१ दिनमा सरकार ढल्दा उनले कुनै मन्त्रालयको जिम्मेवारी पाएनन् । २०८० साउन १६ मा उद्धव थापा दोस्रोपटक मुख्यमन्त्री बन्दा सुनुवारले खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालयकाे जिम्मेवारी पाएका थिए । दोस्रो कार्यकाल पनि धेरै समय टिकेन । २०८० असोज २७ गते केदार कार्कीको नेतृत्वको सरकार बनेपछि सुनुवार २०८० माघ २६ गते स्वास्थ्य मन्त्री बने ।
हिक्मतकुमार कार्कीले गत वर्ष भदाैमा मन्त्रीपरिषद् विस्तार गर्दा सुनुवार बाहिर रहे ।
सभापति शेरबहादुर देउवासँग निकट रहेका उनी सरकार पुनर्गठन हुँदा महत्वपूर्ण जिम्मेवारीसहित सरकारमा चौथो पटक सहभागी भए । देउवा दाहिना हुँदा उनले सधैं अवसर पाइरहेका छन् ।
सुनुवार ओखलढुङ्गा १(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् ।
























