राष्ट्रिय सभा निर्वाचन: एमालेका ६ उम्मेदवार तय, आज मनोनयन

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २३, बुधबार १०:२०

काठमाडौँ । नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनका लागि ६ जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।  पार्टी अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारहरूको नाम तय गरेका हुन् ।

एमालेबाट रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारी उम्मेदवार बन्ने निश्चित भयो । दलीय सहमति अनुसार कांग्रेस र एमालेले ७–७ सिट, नेपाली कम्युनिस्ट पार्टीले ३ र जसपा नेपालले १ सिट लिने सहमति गरे । एमालेले ६ जनाको नाम सार्वजनिक गरे पनि एक जना छान्न बाँकी राख्यो ।

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने निर्वाचनका लागि आजै देशभर उम्मेदवारको मनोनयन दर्ता गर्दैछ । बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने समय तोकिएको छ ।

आयोगले यसअघि नै मतदाता नामावली सार्वजनिक गरिसक्यो । निर्वाचन कार्यतालिका अनुसार भोलि पुस २४ गते उम्मेदवार विरुद्ध उजुरी दिने र २७ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । राष्ट्रिय सभामा रिक्त हुने १८ सदस्यका लागि यो निर्वाचन हुन लागेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.