राष्ट्रिय सभा निर्वाचन: कांग्रेसले टुङ्गो लगायो ९ उम्मेदवार

Share this
778shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २३, बुधबार १२:०५

काठमाडौँ । नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको नामावली टुङ्गो लगाएको छ। बुधबार बिहान बसेको पार्टीको कार्यसम्पादन समिति बैठकले १८ सिटमध्ये ९ सिटमा उम्मेदवार उठाउने निर्णय गरेको हो।

कांग्रेसले केन्द्रीय सदस्य, पूर्वमन्त्री, प्राध्यापकदेखि पूर्वमहान्यायाधिवक्तासम्मलाई चुनावी मैदानमा उतारेको छ।

कोशी प्रदेश (अन्य): पूर्वमन्त्री तथा पूर्वसहमहामन्त्री सुनिल थापालाई उम्मेदवार बनाइएको छ। उनी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् र उम्मेदवारीका लागि केही दिनअघि मात्र राष्ट्रपतिको प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका थिए।

मधेस प्रदेश (अपाङ्गता/अल्पसंख्यक): नेविसंघका पूर्वअध्यक्ष तथा पूर्वसांसद रञ्जित कर्णलाई उम्मेदवार चयन गरिएको छ।

गण्डकी प्रदेश (अन्य): प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति जगत तिमिल्सिनालाई उम्मेदवार बनाइएको छ।

लुम्बिनी प्रदेश (अन्य): पार्टीका केन्द्रीय सदस्य एवं गुल्मीका पुराना नेता चन्द्रबहादुर केसीले टिकट पाएका छन्।

कर्णाली प्रदेश (अन्य): प्रदेश सभापति ललितजंग शाहीलाई उम्मेदवार बनाउने निर्णय भएको छ।

पार्टीले क्लस्टर अनुसार मिलाएर अनुभवी र नयाँ अनुहारलाई सन्तुलन मिलाउने प्रयास गरेको छ। आज दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने समय रहेकाले उम्मेदवारहरू आ-आफ्नो निर्वाचन क्षेत्रतर्फ लागेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.