‘निसान पदमार्ग’ पुस २३ देखि २६ गतेसम्म हुँदै

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २३, बुधबार १५:२२

काठमाडौं । इलामका ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक गन्तव्यलाई एकै सूत्रमा बाँध्ने उद्देश्यसहित ‘निसान पदमार्ग’ यस वर्ष पनि आयोजना गरिने भएको छ ।

निसान पदमार्गमा यस वर्ष पनि चारदिने पदयात्रा आयोजना गरिएको हो । यसले जिल्लाको पदयात्रा तथा ग्रामीण पर्यटन प्रवद्र्धनमा नयाँ सम्भावना थप्ने अपेक्षा गरिएको छ । पुस २३ देखि २६ गतेसम्म सञ्चालन हुने पदयात्रा सूर्योदय नगरपालिका–४ मेचीबजारबाट सुरु भई पूर्णेडाँडा, सुन्तले, माईजोगमाई गाउँपालिकाको हात्तीटार, माइबेनी हुँदै इलाम नगरपालिकाको माईस्थान मन्दिरमा समापन हुनेछ । ४१ किलोमिटर लामो उक्त पदमार्ग प्राकृतिक सौन्दर्य, गाउँजीवन र ऐतिहासिक स्थलसँग जोडिएको छ ।

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईका अनुसार पदमार्गले इलामलाई नयाँ पदयात्रा गन्तव्यका रूपमा चिनाउन सहयोग पु¥याउनेछ । ‘यो पदमार्गले आन्तरिक तथा बाह्य पर्यटकलाई इलामतर्फ आकर्षित गर्ने विश्वास लिएका छौँ,’ उनले भने । नेपाल–भारत सीमासँग जोडिएको मेची नदीको मुहानदेखि माईस्थान मन्दिरसम्म फैलिएको यो मार्ग ऐतिहासिक महत्व बोकेको भए पनि पछिल्ला वर्षमा यसलाई पर्यटन पूर्वाधारका रूपमा विकास गर्न थालिएको छ । पदयात्राका क्रममा स्थानीय होमस्टे, कृषि उत्पादन र स्थानीय व्यवसायलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।

पदयात्रामा नेपाली सेना, स्थानीय सरकार, पर्यटन व्यवसायी र सरोकारवालाको सहभागिता रहने छ । पदमार्गअन्तर्गत पर्ने विभिन्न स्थानमा स्थानीय जातजातिको सांस्कृतिक झाँकीसहित पदयात्रीको स्वागतको तयारी गरिएको छ । रणशार्दूल गणको पहल र तीन पालिकाको सहकार्यमा पहिचान गरिएको निसान पदमार्गलाई दीर्घकालीन पर्यटन उत्पादनका रूपमा विकास गर्ने तयारी भइरहेको जनाइएको छ । स्थानीय तहका अनुसार पदयात्राले इलामको ग्रामीण पर्यटन, आन्तरिक रोजगारी र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.