निर्वाचनका लागि १ लाख ३४ हजार प्रहरी भर्ना गरिँदै

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २३, बुधबार १६:५१

काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि परिचालन गरिने निर्वाचन प्रहरीको मापदण्ड गृह मन्त्रालयले स्वीकृत गरेको छ। गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीले माग गरेको बजेटमा अर्थ मन्त्रालयले सहमति दिएसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत गरेका हुन्।

स्वीकृत मापदण्ड अनुसार निर्वाचन प्रहरी ४० दिनका लागि भर्ना गरिनेछ। अर्थ मन्त्रालयले यसका लागि ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ। सो बजेटका आधारमा करिब १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया सुरु गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गर्नका लागि प्रहरी प्रधान कार्यालयले छिट्टै दरखास्त आह्वान गर्ने तयारी गरेको छ।

निर्वाचन सुरक्षामा खटिने यी सुरक्षाकर्मीले प्रहरी जवान सरहको तलब र रासन सुविधा पाउनेछन्। यद्यपि, यसपटक निर्वाचन प्रहरीले छुट्टै भत्ता भने पाउने छैनन्। यसपटकको निर्वाचनमा सशस्त्र प्रहरीले पनि पहिलो पटक १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्ने भएको छ। सशस्त्रले भर्ना गर्ने यी प्रहरीले पनि ४० दिन नै काम गर्नेछन् र सशस्त्र प्रहरी जवान सरहकै सेवा सुविधा प्राप्त गर्नेछन्।

नेपाल प्रहरीले सुरुमा १ लाख ३६ हजार ८११ जना निर्वाचन प्रहरीको अनुमति मागे पनि अर्थ मन्त्रालयले करिब ३ हजार सङ्ख्या घटाएर बजेट उपलब्ध गराएको हो। केन्द्रीय सुरक्षा समितिले यसअघि ३० कात्तिकमा १ लाख ३० हजार निर्वाचन प्रहरी भर्ना गर्ने निर्णय गरे पनि सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रहरी प्रधान कार्यालयले थप सङ्ख्या आवश्यक रहेको प्रस्ताव गृह मन्त्रालयमा पेस गरेको थियो।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.