
विराटनगर । पुरुष तर्फको २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशसँग खेल्दैछ । समूह बिजेताका लागि दुई टोली भिड्न लागेका हुन् ।
दुवै टोली एक खेल अघि नै सेमिफाइनल पुगिसकेका छन् ।
नेपाल र बंगलादेश दुवै देशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेका थिए ।
नेपालले १–० र बंगलादेशले २–० ले पराजित गरेपछि श्रीलंका प्रतियोगिताबाट बाहिरिदा, नेपाल र बंगलादेश एक खेलअघि नै सेमिफाइनल प्रवेश गरे । आजको खेलले समूह एको विजेताको टुङ्गो लाग्नेछ ।



















