
विराटनगर । नेपालले घरेलु मैदानमा जारी साफ यु – २० च्याम्पियनसिपको सेमिफाइनलमा भुटानसँग खेल्दैछ । फाइनल प्रवेशका लागि नेपालले भुटानसँग खेल्न लागेको हो । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य राखेको नेपाल समूह ए मा दुवै खेल जित्दै समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । भुटान समूह बी को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।
सन् २०१५ मा नेपालबाट साफ यु – १९ च्याम्पियनसिपको नामबाट सुरु भएको प्रतियोगिताको दुई संस्करणमा च्याम्पियन बनेको नेपाल तेस्रोपटक सेमिफाइनल खेल्दैछ ।
भुटान भने तेस्रोपटक सेमिफाइनल खेल्दैछ । यसअघिकाे दुवै खेलमा भुटान पराजित भएकाे थियाे । यसपटक भुटान इतिहास रच्दै फाइनल पुग्ने लक्ष्यमा छ ।



















