
काठमाडौं । घरेलु मैदानमा जारी साफ यू– २० च्याम्पियनसिपको उपाधिका नेपालले आज बंगलादेशसँग खेल्दैछ । जारी प्रतियोगितामा दुई टोली दोस्रो पटक भिड्न लागेका हुन् । समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको थियो ।
नेपालले सेमिफाइनलमा भुटान र बंगलादेशले साविक विजेता भारतलाई पराजित गरेको थियो । समूह चरणको पहिलो भेटमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गरेको थियो । दुवै टोलीले पेनाल्टीसुटआउटमा खेल जितेका थिए ।
फाइनलअघि मंगलबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपाल र बंगलादेश दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधिका लागि तयार भएको बताएका थिए ।
सन् २०१५ मा घरेलु मैदानमै भएको पहिलो संस्करणमा नेपालले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो । पहिलो संस्करणपछि नेपाल पहिलो पटक फाइनल पुगेको हो । सन् २०१७ मा राउन्ड राेविनका आधारमा नेपालले उपाधि जितेकाे थियाे ।
बंगलादेश भने तेस्रो पटक फाइनल खेल्दैछ । यसअघि सन् २०१९ र २०२२ मा बंगलादेश फाइनल पुगेको थियो । तर दुवै पटक भारतसँग फाइनलम पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।



















