
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी ८ फ्रेन्चाइज टोलीको टुङ्गो लागेको छ । नेपाल क्रिकेट संघले आयोजना गर्ने एनपीएलको टोलीमा पाँचवटा सहर र तीनवटाको प्रदेशको नाम राखिएको छ ।
क्यानका अनुसार काठमाडौं, विराटनगर, जनकपुर, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम एनपीएलमा सहभागी हुनेछन् ।
लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशको नाममा हुन् । अन्य सहरको नामबाट टोलीको नाम राखिएको छ ।
एनपीएल आगमी नोभेम्बर ३० देखि २१ डिसेम्बरसम्म काठमाडौंमा हुनेछ ।



















