
विराटनगर ।एभरेष्ट स्कुलमा विराटनगरमा अन्तर एभरेष्ट पौडी प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले उद्घाटन गरे ।
एभरेष्ट कलेज परिसरमा रहेको स्वीमिङ पुलमा शुरु भएको प्रतियोगिता शनिबारसम्म चल्नेछ । पहिलो दिन कक्षा २ देखि ५ सम्मका खेलाडीले सहभागीता जनाएका थिए । समूहबाट ६० जना प्रतियोगितामा छनौट भएका थिए ।
प्रतियोगिता अन्तर्गत शनिवार कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको प्रतियोगिता हुनेछ । शनिबार फ्रि स्टाइल तर्फ ५०,१००,२००,४०० र १५०० मिटरका स्पर्धा हुनेछन् । शनिबार छनौट चरण पार गरेका करिब २०० विद्यार्थीले प्रतिष्पर्धामा भाग लिनेछन् ।



















