एथलेटिक्स टोली भारत जाँदै

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २४, सोमबार ०९:२८

काठमाडौं । दक्षिण एसियाली जुनियर यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली आज भारतको चेन्नइ प्रस्थान गर्दै छन् ।

पुरुषमा आदेशकुमार यादवले १ सय / ४ सय मिटर दौड, युवराज विकले १ सय / २ सय मिटर दौड, बादल कार्की र अजय विकले १ हजार ५ सय / ३ हजार मिटर दौड र विशाल गुरुङले लङजम्प / त्रिपलजम्पमा प्रतिस्पर्धा गर्ने छन् ।

महिलामा अस्मिता भुजेल र नारायणी भण्डारीले १ हजार ५ सय  / ३ हजार मिटर दौड, डिना गोपालीले  १ सय / २ सय मिटर दौड र अनिशा थारुले ४ सय मिटर दौड / लङजम्प / त्रिपलजम्पमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । मुख्य प्रशिक्षकमा उषाकुमारी कर्ण र प्रशिक्षकमा विमला राना छन् ।

आदेश, बादल र अजय बाहेक सबै खेलाडीको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । टोलीलाई सफलताको शुभकामना दिँदै कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री राजीवविक्रम शाह र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.