पूर्वमुख्यमन्त्री केदार कार्की : प्रहरीले पुर्यायो घर, फेरि आएर बसे अनशन (भिडियो)

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २५, मंगलबार २१:१४

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की स्थान फेरेर अनशन बसेका छन् ।

कोशी प्रदेशसभा सचिवालयअगाडि आमरण अनशन बसेका पूर्वमुख्यमन्त्री कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर उनको घर पुर्याएर छाडेको थियो । कार्की फर्किएर पुनः प्रदेशसभा सचिवालयबाट पूर्वतर्फ अनशन बसेका हुन् । अहिले उनी निषेधित क्षेत्र बाहिर अनशन बसेका छन् ।

१० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा नि:शुल्क हुनुपर्नेलगायतका माग राखेर अनशन बसेका कार्कीलाई प्रहरीले मंगलबार राति ८ बजे नियन्त्रणमा लिएर बूढीगंगा गाउँपालिका– २ टंकिसिनवारीस्थित उनको निवासमा छाडेको थियो । तर, कार्की फर्किएर अनशनस्थलमै आएका थिए । अनशनस्थलमा प्रहरीले बस्न नदिएपछि उनी देवकोटा चोकमा अनशन बसेका हुन् ।

अनशनस्थलमा कार्कीलाई पक्राउ गर्नुअघि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गर्दा केदार कार्कीका केही समर्थक घाइते भएका छन् । प्रहरीले अनशनस्थलमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालामाथि पनि लाठी चार्ज गरेको थियो ।

कार्कीको अनशनस्थलबाट प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुलाई वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.