
ताप्लेजुङ, । पाँचथरका विशाल राई प्रथम तिम्बुङ पोखरी ट्रेल रनको विजेता भएका छन् ।
तिम्बुङ पोखरी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा पाँचथरको फिदिम नगरपालिका–१४ का राई प्रथम हुँदै नगर ३० हजार रुपैयाँ प्राप्त गरे ।
भारतको पश्चिम सिक्किमका पिङ्सो नाम्ग्याल भोटिया द्वितीय र सिदिङ्वा गाउँपालिका–१ का भरत बानियाँ तृतीय भए । उनीहरुले क्रमश २० हजार १० हजार रुपैयाँका साथै प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै, महिलातर्फ पाँचथरको फाल्गुनन्द–५ की निक्की नेम्बाङ प्रथम भइन् । उनले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगितामा ३ जना महिलासहित ३० जनाको सहभागिता रहेको थियो ।
प्रतियोगीहरुले ४ हजार ३ सय ५० मिटर उचाइमा रहेको तिम्बुङ पोखरीबाट करिब ८ किलोमिटरको दूरीमा पर्ने पाङ्दुवासम्म दौडेका थिए ।



















