
काठमाडौं । एन्फा महिला लिग फुटबलमा विभागी टोली नेपाल पुलिस क्लबसँग कोशी प्रदेश पराजित भएको छ । लगातार ३ खेलमा अपराजित रहेको कोशीको यात्रालाई पुलिसले शानदार गोल संख्यामा ‘ब्रेक’ लगाइ दिएको छ ।
प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा पुलिसले कोशीलाई ४–० गोल फरकमा हराएको हो । कोशीलाई हराउँदै १० अंकका साथ पुलिस तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ९ अंकका साथ कोशी दोस्रो स्थानमा छ ।

पुलिसका लागि निर्मला उपाध्याय, अनुष्का शेर्पा, सम्झना लावती र अमृता जैसीले समान १–१ गोल गरेका थिए ।
एक गोल गरे ।
त्यसैगरी, आज भएको दोस्रो खेलमा संकटा क्लबले कर्णाली प्रदेशलाई २–० गोलअन्तरमा पराजित गर्दै अंक जोड्न सफल भयो । संकटाको चौथो खेलमा पहिलो जित निकाल्न सफल भएको हो ।
संकटाका लागि सेलिना अनिमा र टोम्लोफेले १–१ गोल गरे । संकटा ४ अंकका साथ छैठौं स्थानमा छ भने कर्णाली प्रदेश अंकविहीन हुँदै नवौं स्थानमा छ ।



















