सुनवर्षीबाट अवैध मार्बलसहित ट्याक्टर नियन्त्रण, चालक पक्राउ

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ९, बुधबार १७:१७

विराटनगर । मोरङको सुवनर्षीबाट तस्करीको अवैध मार्बलसहित एउटा ट्याक्टरलाई प्रहरीले बुधबार दिउँसो नियन्त्रणमा लिएको छ ।

सुनवर्षी नगरपालिका–५ झुँगी टोलस्थित भित्री सडक खण्डबाट को २ त ६४४२ नम्बरको ट्याक्टरमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा मार्बल बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार भारतबाट नेपालतर्फ अवैध रूपमा लुकाइछिपाइ ल्याउँदै गर्दा दिउँसो १ बजेतिर मार्बल बरामद भएको हो ।

तस्करी गरेर मार्बल ल्याइएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले ट्याक्टर नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । त्यस क्रममा सनपाटले माथिबाट छोपेर ट्याक्टरमा लोड गरी मार्बल ल्याउँदै गरेको फेला परेको हो ।

डीएसपी बस्नेतका अनुसार ८५ वटा काटुनमा प्याक गरेर ल्याइएको ३ सय ४० पिस मार्बल र १६ मन (१ मनको ४० किलोग्राम) सनपाट बरामद भएको छ । मार्बल १ लाख ३६ हजार र सनपाट ६० हजार मूल्य बराबरको रहेको उनले बताए ।

ट्याक्टर चालक रंगेली नगरपालिका–६ का ६० वर्षीय रामनारायण सरदारलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । ट्याक्टरमा भारतबाट भन्सार छली गरेर ल्याइएको अवैध मार्बल र सनपाट फेला परेपछि ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइएको डीएसपी बस्नेतले बताए ।

नियन्त्रणमा लिइएको ट्याक्टर, बरामद गरिएको मार्बल र सनपाटसहित पक्राउ परेका चालकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी प्रहरीले गरेको छ । ट्याक्टर र मार्बल कसको हो भन्ने खुलेको छैन ।

तपाइको प्रतिक्रिया
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.