उच्च अदालतका १४ न्यायाधीशको सरुवा, को कहाँ परे ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ आश्विन ११, शुक्रबार १६:०३

विराटनगर । न्याय परिषद्ले शुक्रबार उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ ।

उच्च अदालत जनकपुर, राजविराज इजलासबाट हरिप्रसाद भण्डारी र धीरबहादुर चन्दलाई उच्च अदालत विराटनगर, ओखलढुंगा इजलासमा सरुवा गरिएको छ । भण्डारी र चन्दको यसअघि नै ओखलढुंगा इजलासमा काज सरुवा गरिएको थियो ।

Advertisement

उच्च अदालत विराटनगर, ओखलढुंगा इजलासबाट नातिबाबु लामिछानेको उच्च अदालत पोखरा, बाग्लुङ इजलासमा सरुवा भएको छ ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट सुभाष पौडेलको नेपालगन्ज इजलास र उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट श्यामजी प्रधानको उच्च अदातल सुर्खेत, जुम्ला इजलासमा सरुवा भएको छ ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट सोमकान्त मैनालीको उच्च अदालत तुलसीपुर र उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट किरणकुमारी गुप्ताको उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा सरुवा भएको छ ।

उच्च अदालत जनकपुर, राजविराज इजलासबाट राधाकृष्ण उप्रेतीको उच्च अदालत पाटन र उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासबाट कविप्रसाद न्यौपानेको उच्च अदालत पाटनमा सरुवा गरिएको छ ।

उच्च अदालत विराटनगर, धनकुटा इजलासबाट सुशील कोइरालाको उच्च अदालत जनकपुर, राजविराज इजलास र उच्च अदालत तुलसीपुरबाट अच्यूतकुमार आचार्यको उच्च अदालत जनकपुर, राजविराज इजलासमा सरुवा भएको छ ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट विष्णुप्रसाद अर्यालको उच्च अदालत विराटनगर सरुवा भएको छ । उनको यसअघि उच्च अदालत तुलसीपुरमा काज सरुवा भएको थियो ।

उच्च अदालतल जनकपुरबाट नरबहादुर खड्काको उच्च अदालत तुससीपुर र उच्च अदालत विराटनगर, ओखलढुंगा इजलासबाट सरला मोक्तानको उच्च अदालत जनकपुर, राजविराज इजलासमा सरुवा भएको छ ।

 

तपाइको प्रतिक्रिया
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
वर्षा प्रभावित किसानलाई सहयाेग गर्न प्रदेश सरकारसँग हारगुहार
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका एक फरार प्रतिवादी पक्राउ
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
जापानको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प
जेनजी आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भयोः ओली
‘स्वर्णबिन्दु प्राशन’ का अभियान : विराटनगरमा स्वयंसेविकालाई तालिम
चौपायालाई खोरेतमुक्त बनाउने अभियान कोशी प्रदेशभरि विस्तार गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.