‘डार्क फाइल’मा सर्वाेच्चको फैसला : सम्पादक र प्रकाशकलाई कैद र जरिवाना (आदेशसहित)

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ आश्विन १४, सोमबार ०६:०५

विराटनगर । ‘सिधाकुरा’ले प्रकाशन गरेको भिडियो सामग्रीलाई अदालतको अवहेलना ठहर गर्दै सर्वोच्च अदालतले सम्पादक र प्रकाशकलाई कैद र जरिवानाको फैसला सुनाएको छ । साँथै सूचनादातालाई पनि कैदकाे फैसला गरेकाे छ ।

सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश रहेको बृहत् पूर्ण इजलासले सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानालाई जनही ३ महिना कैद सजाय सुनाएको छ । अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई ६ महिना कैद सजाय सुनाएको छ । यद्यपि, सम्पादक ढुंगाना र कँडेलले माफी मागे ७ दिन मात्र कैद बस्नुपर्ने फैसलामा उल्लेख छ । अदातले तीनै जनालाई जनही ५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।

Advertisement

सिधाकुरा अनलाईनले ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेको शृंखलाबद्ध सामग्रीले अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको स्ट्रिङ अप्रेशन रोक्न अदालतबाट आदेश भएको विषयलाई सेटिङमा आदेश आएको भन्दै भिडियो प्रकाशन गरेको थियो ।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश आनन्दमोहन भट्टराई र वरिष्ठ अधिवक्ता हरि उप्रेतीका साथै सञ्चार उद्यमीहरू कैलाश सिरोहिया र रामेश्वर थापाको नाम जोडेर भिडियो प्रकाशन भएको थियो ।

सर्वोच्चको संवैधानिक इजलासले अख्तियारले गर्दै आएको स्टिङ अप्रेसन गैरकानुन हुने फैसलासँग जोडेर समाचार प्रकाशन गरेको थियो । उक्त समाचार पछि सर्वोच्च अदालत आफैँले टिप्पणी उठाएर अवहेलना मुद्दा चलाएको थियो । यो समाचार प्रकाशनमा सिधाकुराले आफ्नो स्रोतको सुरक्षा नगरेको आरोप पनि लागेको थियो ।

तपाइको प्रतिक्रिया
विश्व बाघ दिवसका अवसरमा सार्वजनिक गरिँदै नयाँ तथ्यांक
मोरङमा ट्रकले किच्दा युवकको मृत्यु, पोस्टमार्टमपछि खुल्यो घटनाको वास्तविकता
देवानगन्ज घटनामा बल्ल बोल्यो प्रदेश सरकार, साम्प्रदायिक सद्भाव कायम राख्न अपिल
छ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
गुरुप्रति श्रद्धा र सम्मान प्रकट गरेर गुरु पूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि
सरकारले गर्यो सद्भावको अपिल
रास्वपा सभापतिद्वारा सुनसरी घटनाकेन्द्रित सर्वदलीय बैठक आह्वान
सुनसरी गोलीकाण्डमा प्रधानमन्त्रीको आश्वासन : पीडितलाई न्याय, दोषीलाई कारबाही
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
देवानगन्जको तनाव नियन्त्रणमा, २० भन्दा बढी घर तथा पसलमा क्षतिको अनुमान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×