बार अध्यक्षविरुद्धको प्रतिवेदनको सुनुवाइ तत्काल नहुने

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ आश्विन १५, मंगलबार १९:१३
बार अध्यक्ष घिमिरे

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको प्रतिवेदनको सुनुवाइ तत्काल नहुने भएको छ । सुनुवाइ दसैंपछि हुने जनाइएको छ ।

सर्वोच्च अदालतले सोमबार अपरान्ह घिमिरेविरुद्ध अदालतको अवहेलनासम्बन्धी प्रतिवेदन तयार पारेको थियो । सुनुवाइ तत्काल नहुने र दसैंपछि हुने भएको हो । त्यतिबेलासम्म प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अवकाश पाइसक्ने छन् ।

Advertisement

सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेले पेस गरेको प्रतिवेदनमाथि सर्वोच्च प्रशासनले कात्तिक १ गते तारेख तोकेको छ । त्यो दिन इजलासमा प्रतिवेदन पेस हुन्छ कि हुँदैन भनेर यकिन छैन ।

प्रधान न्यायाधीशले अवकाशको बेलामा लेनदेनबाट न्यायाधीश नियुक्त गरेको आरोपसहितको अभिव्यक्ति गत शुक्रबार बार अध्यक्ष घिमिरेले दिएका थिए । उक्त अभिव्यक्तिले अदालतको अवहेलना हुने दाबी गर्दै घिमिरेलाई कारबाही हुनुपर्ने भनी सर्वोच्च प्रशासनले प्रतिवेदन तयार पारेको थियो ।

सर्वोच्च अदालतको पूर्ण बैठकमा बार अध्यक्ष घिमिरेको अभिव्यक्तिबारे सोमबार छलफल समेत भएको बताइएको छ । सर्वोच्च अदालतले अवहेलनाको कारबाही अघि बढाएपछि बारले सोमबार नै पदाधिकारीहरुसँग अनौपचारिक छलफल गरेको थियो ।

बार अध्यक्ष घिमिरेले भने आफूले प्रधान न्यायाधीशविरुद्ध नभइ न्यायाधीश नियुक्त गर्ने निकाय न्याय परिषद्का अध्यक्षविरुद्ध अभिव्यक्ति दिएको बताउँदै आएका छन् । न्यायसम्पादन गर्ने प्रधान न्यायाधीशलाई नभइ आफूले न्यायाधीशको नाम सिफारिस गर्ने न्याय परिषद् अध्यक्षमाथि प्रश्न गरेको घिमिरेको भनाइ छ ।

उनले न्याय परिषद् अध्यक्षमाथि प्रश्न गर्दा अदालतको अवहेलना नहुने जिकिर गरेका छन् । न्याय परिषद्को अध्यक्ष प्रधान न्यायाधीश हुन्छन् ।

तपाइको प्रतिक्रिया
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
वर्षा प्रभावित किसानलाई सहयाेग गर्न प्रदेश सरकारसँग हारगुहार
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका एक फरार प्रतिवादी पक्राउ
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
जापानको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प
जेनजी आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भयोः ओली
‘स्वर्णबिन्दु प्राशन’ का अभियान : विराटनगरमा स्वयंसेविकालाई तालिम
चौपायालाई खोरेतमुक्त बनाउने अभियान कोशी प्रदेशभरि विस्तार गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.