प्रकाशमानसिंह प्रधानन्यायाधीश पक्का

Share this
793shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १६, बुधबार १७:४८

काठमाडौं । प्रकाशमानसिंह राउत सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्ने पक्का भएको छ ।

संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकले सर्वसम्मत नाम अनुमोदन गरेसँगै राउतलाई प्रधानन्यायाधीश बन्न बाटो खुलेको हो । राउतमाथि बुधबार नै संसदीय सुनुवाइ भएको हो ।

संवैधानिक परिषद्ले असोज १ गते राउतको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । परिषद्ले नाम सिफारिस गर्दै सुनुवाइका लागि संसदीय समितिमा पठाएको थियो ।

राउतको घर उदयपुर हो । कानुन व्यवसायी पृष्ठभूमिका उनी २०७३ साउनमा सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए ।

संसदीय सुनुवाइअघि राउतले २४ बुँदे कार्ययोजना पेस गरेका थिए । उक्त कार्ययोजनामा कानुन व्यवसायीको विषय भने समेटिएको छैन । आफूहरुका विषय कार्ययोजनामा नसमेटिएको भन्दै कानुन व्यवसायी भने राउतप्रति सन्तुष्ट हुन सकेनन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.