मार्सल आर्ट्समा नेपाललाई २ स्वर्ण र १ कांस्य पदक

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २९, मंगलबार १६:५१

काठमाडौं । आइसीओ वल्ड कम्ब्याट मार्सल आर्ट्स च्याम्पियन्सिपमा नेपालले २ स्वर्ण र १ कांस्य गरी ३ पदक जितेको छ ।

जर्मनीको फ्रेङफर्टमा भएको प्रतियोगितामा निराजन मुक्तानले २ स्वर्ण र इजिकेल परियारले १ कांस्य पदक जितेको नेपाल उमा कुङफु संघका महासचिव भूपेन्द्र गुरुङले जानकारी दिए ।

उनका अनुसार निराजनले किक बक्सिङको पुरुष ६० केजीमुनि फाइनलमा इङ्ल्यान्डका खेलाडीलाई पराजित गर्दै स्वर्ण जिते ।

त्यसअघि निराजनले फ्रान्स, जर्मनी र युक्रेनका खेलाडीलाई हराएका थिए । उनले अर्को स्वर्ण चाइनिज फम्सको नान् छ्वानमा जितेका हुन् ।

यो स्पर्धामा निराजनले जर्मनी, युक्रेन, साइप्रस, इङ्ल्यान्ड र स्कोटल्यान्डका खेलाडी हराएका थिए ।

इजिकेलले किक बक्सिङको पुरुष ७०–७५ केजीमा कांस्य पदक जिते । इजिकेल सेमिफाइनलमा जर्मनीका खेलाडीसँग पराजित भए ।

अघिल्ला चरणमा भाइब बक्सिङ क्लबका प्रशिक्षकसमेत रहेका इजिकेलले इङ्ल्यान्ड र स्कोटल्यान्डका खेलाडीलाई हराएका थिए ।

इन्टरनेशनल कम्ब्याट अर्गनाइजेसन (आईसीओ), जर्मनीको आयोजनामा भएको प्रतियोगितामा विभिन्न ३० राष्ट्रका ७ सय ५ खेलाडीको सहभागिता रहेको आदिवासी खेलकुद संघ नेपालका अध्यक्षसमेत रहेका महासचिव गुरुङले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.