
काठमाडौं । काठमाडौंमा आयोजना हुने साफ महिला च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।
साफ महिला च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुने प्रतियोगिताका लागि नेपाली टोलीको घोषण गरिएको हो ।
महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरे । देश बाहिर खेली रहेका सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल पनि टोलीमा समेटेका छन् ।
नेपाली महिला फुटबल टोलीमा एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला बिक, हिराकुमारी भुजेल, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, सजनी थोकर छन् ।
महिला साफ च्याम्पियनसिप नेपालमा लगातार तेस्रो पटक पटक हुन लागेको हो । पहिलो पटक सन् २०१९ मा विराटनगर र २ वर्षअघि काठमाडौंमा र यस पटक पनि काठमाडौंमै हुन लगेको हो ।
दक्षिण एसियाली राष्ट्रहरूमध्ये अफगानिस्तान बाहेक ७ टोलीको सहभागिता रहने प्रतियोगितामा नेपाल अहिलेसम्म च्याम्पियन हुन सकेको छैन ।



















