महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २९, मंगलबार २०:२४

काठमाडौं । काठमाडौंमा कात्तिक १ गतेदेखि हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ)महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले आज पत्रकार सम्मेलन गर्दै काठमाडौंको दशरथ रंगशालामा कात्तिक १ देखि १४ गतेसम्म आयोजना हुने साफ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

एन्फाका प्रवक्ता सुरेश शाहले प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भुटान र बंगलादेश सहभागी हुने बताए । उनका अनुसार प्रतियोगिताका लागि पाकिस्तान, माल्दिभ्स र बंगलादेशको टोली आइसक्यो भने भारत र भुटानको टोली भोलि (बुधबार) आइपुग्ने छ ।

सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली, लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको प्रवक्ता शाहले बताए ।

प्रतियोगिताको समूह चरणका खेलको टिकट दर साधारण प्याराफिटतर्फ ३ सय र भीआइपीतर्फ ५ सय तोकिएको छ ।

त्यस्तै, नकआउट चरणका खेलहरूको टिकट दर साधारण प्याराफिटतर्फ ५ सय र भीआईपीतर्फ १ हजार कायम गरिएको एन्फाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.