आजबाट महिला साफ, नेपालको खेल भोलि

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १, बिहीबार ०७:०३

विराटनगर । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । सातौँ संस्करणको प्रतियोगिता दशरथ रङ्गशालामा हुनेछ ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी रहेको अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स छन् ।

प्रतियोगिताको उद्घाटन खेल आज भारत र पाकिस्तानबीच हुनेछ । शुक्रबार नेपालले भुटानसँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.