समस्याग्रस्त सहकारीका ऋणीको सम्पत्ति रोक्का राख्ने तयारी

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १, बिहीबार १४:५२

काठमाडौं । समस्याग्रस्त घोषणा भएका सरकारीबाट यसअघि ऋण लिएर नतिर्ने ऋणिको सम्पत्ति रोक्का राख्ने तयारी गरिएको छ ।

ऋण चुक्ता नगरे ऋण र जमानतकर्ताको एकाघर परिवारका सदस्यको सम्पत्ति रोक्का र कालोसूचीमा राख्ने तयारी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गरेको हो । मुलुकभर १८ सहकारी संस्था समस्याग्रस्त घोषित भएका छन् ।

ती सहकारीबाट लिएको ऋण धेरै ऋणीले चुक्ता गरेका छैनन् । ऋणीलाई सहकारीको ऋण तिर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बिहीबार सूचना जारी गरेर ७ दिनको समयसीमा दिएको छ । उक्त समयभित्र ऋण चुक्ता गरेमा भने ऋणिको सम्पत्ति रोक्का हुने छैन ।

समितिका अनुसार अन्तिम पटक ऋणी र जमानतकर्तालाई ऋण तिर्न ७ दिनको समय दिइएको हो । उक्त समयभित्र ऋण चुक्ता नगरे ऋण र जमानतकर्ताको एकाघर परिवारका सदस्यको सम्पत्ति रोक्का र कालोसूचीमा राखिने समितिले जनाएको छ ।

‘अन्तिम पटक ७ दिने सूचना प्रकाशित गर्ने र सो अवधिसम्म पनि ऋणीहरू तथा जमानीकर्ताहरूले आफ्नो दायित्व तिर्न बुझाउन नआएमा निज ऋणी र निजका एकाघरका परिवारको सम्पत्ति, बैंक खाता तत्काल रोक्का गर्ने, कालोसूचीमा राखिने छ,’ सूचनामा भनिएको छ, ‘रोक्का राखिएको सम्पत्ति र बैंक खाताबाट सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा (१) को खण्ड (क), (ख), (ग) सहकारी नियमावली, २०७५ बमोजिमको कारबाही अगाडि बढाइ ऋण असुल उपर गर्ने निर्णय भएको छ ।’

समस्याग्रस्त घोषित संस्थाका सञ्चालक, व्यवस्थापकहरू, ऋणी सदस्यहरू र कर्मचारीलाई आफ्नो दायित्व भुक्तानीका लागि पटक–पटक आग्रह गरिसकिएको समितिले जनाएको छ । केहीबाहेक अधिकांश ऋणी सदस्यले सम्पर्क पनि नगरेको र तिर्नुपर्ने ऋणसमेत नतिरेर आफ्नो दायित्वबाट पन्छिएका कारण अब सम्पत्ति रोक्का राख्ने, कालोसूचीमा राख्ने र एकाघर परिवारको सम्पत्ति बिक्री गरेर ऋण असुल गर्ने निर्णय भएको समितिले जनाएको छ ।

समस्याग्रस्त घोषित सहकारीमा स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, प्यासिफिक सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, सोसाइटल बहुउद्देश्यीय सहकारी संस्था, प्रभु बचत तथा ऋण सहकारी संस्था, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था, ओरेन्टल कोअपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, भेगास बचत तथा ऋण सहकारी संस्था रहेका छन् । त्यस्तै, तुलसी बहुमुखी सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था, श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था र पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ पनि समस्याग्रस्त घोषित भएका छन् ।

यी सबै सहकारीका ऋणिलाई ऋण तिर्नका लागि अन्तिमपटक ७ दिनको समय दिइएको छ । ऋण तिर्ने अन्तिम अवसर दिइएका सहकारीका ऋणी आफ्नो दायित्वबाट पन्छिए उनीहरुको सम्पत्ति रोक्का गर्ने र कालोसूचीमा राखिने समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.