
विराटनगर । मोरङको ग्रामथानमा जारी प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा इटहरीको राइजिङ भेट्रान क्लब पुगेको छ ।
नेता चोक टाईगर क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा इटहरीले प्रकाशपुरको ढल्केजोवन भेट्रान क्लबलाई टाइब्रेकरमा ४–३ गोल फरकमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
खेलको प्लेयर अफ द म्याच राइजिङ भेट्रानका गोलरक्षक राजकुमार विश्वकर्माले नगद १ हजार प्राप्त गरे ।
शुक्रबारको खेल सुन्दरहरैंचना भेट्रान र बेलबारीको बोराबान भेट्रान क्लबबीच हुनेछ ।



















