
विराटनगर । नरेश श्रेष्ठ मेमोरियल वाई–वाई यू–१९ क्रिकेट छनोट प्रतियोगिता विराटनगरमा सुरु भएको छ ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले ब्याटिङ गरेर यू–१९ क्रिकेट छनोट प्रतियोगिताको उद्घाटन गरेका छन् । विराटनगरस्थित गिरिजाप्रसाद कोइराला वैजनाथपुर क्रिकेट खेल मैदानमा शुक्रबारदेखि सुरु भएको छनोट प्रतियोगिताको पहिलो खेलमा मोरङ र इलामबीच प्रतिस्पर्धा भइरहेको छ ।
कोशी प्रदेशका ५ वटा जिल्ला सहभागी छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई प्रदेशको लागि छनोट गरिने आयोजकले जनाएको छ । कोशी प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशको आयोजनामा भएको खेलमा मोरङ, झापा, सुनसरी, इलाम र उदयुपरको सहभागिता छ ।



















