पाहुना टोलीलाई पन्छाउँदै झापा ११ क्वाटरफाइनलमा

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २, शुक्रबार २०:००

विराटनगर । ७ औं बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ विजयी भएको छ ।

मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गको खेल मैदानमा भएको शुक्रबार भएको खेलमा पाहुना टोली भारत सिलगुडीको कञ्चनजंघा फुटबललाई झापा ११ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

झापा ११ ले सिलगुडीलाई ५–१ को फराकिलो गोलमा पराजित गर्यो । खेलको ९ औं मिनेटमा सिलगुडीका प्रनेश प्रदानले वान भर्सेज वानमा उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

झापाका गोलरक्षक सन्दीप लिम्बू पोष्ट छोडेर अघि बढेको मौकामा लिम्बूले गोल गरेका हुन् । मध्यान्तर अघिसम्म दुवै टोली १–१ गोलको बराबरीमा खेल पनि मध्यान्तरपछि झापा थप आक्रमक खेले सहजै नतिजा आफ्नो पक्षमा सफल भयो ।

३५ ओैं मिनेटमा झापाका आशिष चापागाईंले प्रहार गरेको बल पोष्टमा लाग्दै रिवाउन्ड भएको बलमा झापाकै निरज कार्की गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

५३ ओैं मिनेटमा झापाका आशिष चापागाईंको पासलाई सदुपयोग गर्दै अभिषेक गुरुङले उत्कृष्ट गोल गर्दै अग्रता दिलाए । ५९ ओैं मिनेटमा निरज कार्कीको पासमा उत्सव राईले झापाका लागि तेस्रो गोल गरे ।

७० ओैं मिनेटमा पुनः उत्सव राईले गोल थपे । सिलगुडीका गोलरक्षक प्रनुव लिम्बू बल नियन्त्रण गर्न नसक्दा राई गोल गरे । ७६ ओैं मिनेट भविन बोहोराको पासमा निकेश श्रेष्ठले टोलीका लागि ५ औं गोल गर्दै जितलाई सहज बनाए ।

खेलको म्यान अफ द म्याच उत्सव राईले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत शनिबार आयोजक एलएक्स सिटी फुटबल क्लब र काठमाडौंको चित्लाङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले गरेका थिए । क्लबका अध्यक्ष विक्रम राईको अध्यक्षतामा भएको कार्यक्रममा एन्फाका सदस्य दीपेन्द्र धिमाललगायतले शुभकामना व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.