विराट युनाइटेड र राइजिङ भेट्रान आज खेल्दै

Share this
643shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ३, शनिबार ०८:५८

विराटनगर । मोरङको ग्रामथानमा जारी प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगितामा आज विराटनगरको विराट युनाइटेड र इटहरीको राइजिङ भेट्रान क्लबीबीच खेल हुँदैछ ।

नेता चोक टाईगर क्लबले आयोजना गरेका प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा सुन्दरहैँचाको विराट चोक भेट्रान क्लबले बेलबारीको बोराबाध भेट्रान क्लबलाई ५–२ गोल फरकमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित पारेको हो ।

विराट चोकका लागि सुमन राई र डेनी राईले समान २–२ गोल तथा मदन राईले गोल गर्दै टोलीलाई विजयी बनाए ।

बोराबाधका लागि प्रकाश थापा र इमकुमार मगरले समान १–१ गोल गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.