आयोजकलाई पन्छाउँदै चित्लाङ क्वाटरफाइनलमा

Share this
629shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ३, शनिबार १९:३६

विराटनगर । आयोजक एलएक्स सिटी फुटबल क्लबलाई पन्छाउँदै काठमाडौंको चित्लाङ फुटबल क्लब बेलबारीमा जारी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

७ औं बेलबारी आरजु राईस अन्तर्राष्टिय आमन्त्रण गोल्डकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा काठमाडौंले आयोजकलाई ३–२ गोलअन्तरमा पराजित गर्दै क्वाटरफाइनल यात्रा पक्का गरेको हो ।

काठमाडौंले कात्तिक ५ गते सेमिफाइनल यात्राका लागि सिराहाको सहलेश युवा क्लबसँग खेल्ने छ । घरेलु दर्शकको साथ पाएको आयोजकले मध्यान्तरअघि एक गोलले अग्रता लिए पनि मध्यान्तरपछि पाहुना टोली हाबी हुँदा अन्तिम २ मिनेट आयोजकले आफूलाई समाल्न नसक्दा जित सुम्पन्नु पर्यो ।

खेलको १४ औं मिनेटमा आयोजकका मिलन राईको पासमा सुशील राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ४७ औं मिनेटमा चित्लाङका लागि विदेशी खेलाडी रोर्बटको पासमा सनम धिमालले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

६२ औं मिनेटमा चित्लाङका कार्लाेसले वान भर्सेस वानमा सुन्दर गोल थप्दै गोल संख्या दोब्बर बनाए । ७४ औं मिनेट आयोजकका प्रदीप लामा गोल गर्दै खेल पुनः बराबरीमा आयो ।

७६ औं मिनेटमा चित्लाङका विदेशी खेलाडी हेनरीले गरेको गोल नै निर्णायक बन्यो । चित्लाङका कार्लाेस प्लेयर अफ द म्याच हुँदै नगद ५ हजार र ट्रफी प्राप्त गरे ।

मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गको खेल मैदान हुने प्रतियोगिताअन्तर्गत भोलि आइतबार झापा ११ फुटबल क्लब र भोजपुर जिल्ला फुटबल संघबीच हुने खेलको विजेताले सेमिफाइनल यात्रा तय गर्ने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.