नेपालले अमेरिकालाई दियाे १७१ रनकाे लक्ष्य

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ४, आइतबार ०७:३९

विराटनगर । दाेस्राे टी– २० खेलमा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ । अमेरिकाविरूद्धको दोस्रो टी– २० खेलमा टस जितेर व्याटिङ राेजेकाे नेपालले ६ विकेटकाे क्षतिमा १७० रन बनायाे ।

नेपालका लागि कुशल भूर्तेलले अविजित ९२ रन जोडे । उनले ५४ बलमा सात चौका र छ छक्का प्रहार गरे ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि भूर्तेलले ३४ बलमा ४ चौका र ३ छक्का हानेसहित अर्धशतक प्रहार गरेका थिए । नेपालका लागि भुर्तेलले अविजित ९२ रन जोड्दा अनिल साहले २५ रन जोडे, कप्तान रोहित पौडेलले १८ रन जोडे, गुल्सन झाले १९ रन जोडे ।

बलिङमा अमेरिकाका जस्दीप सिंह र केन्जिगेले दुई दुई विकेट लिए ।

सिरिजको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएकाे थियो। अब दुई टोलीबीच भोलि तेस्रो खेल हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.