अमेरिकामाथि सुपर ओभरमा नेपाल विजयी

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ४, आइतबार ०९:५२

विराटनगर । अमेरिकामा जारी अमेरिका र नेपालबीचको टी– २० आई को दोस्रो खेलमा नेपाल सुपर ओभरमा विजयी भएको छ ।

सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि खेल सुपरओभरमा पुगेकाे थियाे । सुपरओभरमा नेपाल विजयी भएको हो ।

आज बिहान भएकाे खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै अमेरिकालाई १७१ रनको लक्ष्य दिएको थियो । अमेरिकाले २० ओभरमा ८ विकेटमको क्षतिमा १७० रन बनाउन सक्यो । त्यसपछि भएको सुपर ओभरमा नेपाल विजयी भयो ।

तीन खेलको सिरिजको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । दोस्रो खेल पनि जितेपछि एक खेलअघि नै नेपालले सिरिज जितेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.