साफ महिला च्याम्पियनसिप : बंगलादेश र पाकिस्तानबीच बराबरी

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ४, आइतबार २०:३४

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेश र पाकिस्तानबीचको खेल बराबरीमा सकिएको छ ।

प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बंगलादेश र पाकिस्तानले समान १–१ गोल गर्दै बरारबरी खेलेपछि दुवैले अंक बाँडेका छन् ।

समूह ‘ए’ मा रहेको पाकिस्तानले पहिलो अंक जोडेको छ । पहिलो खेलमा भारतसँग पाकिस्तान ५–२ ले हारेको थियो भने साविक विजेता बंगलादेशको यो पहिलो खेल हो ।

मध्यान्तरपछिको इन्ज्युरीसमा साविक विजेता टोली बंगलादेशले पाकिस्तानविरुद्ध गोल गर्दै हारबाट जोग्यो । बंगलादेशको यो गोलसँगै खेल १–१ को बराबरी भयो । पाकिस्तानले मध्यान्तरअघि नै १ गोलले अग्रता लिए पनि खेलको अन्तिम समय चुकाउँदा अंक बाँड्न बाध्य हुनु पर्यो ।

पाकिस्तानका लागि जाहमेना मालिकले गोल गरिन् । बंगलादेशकी सम्सुनाहर जुनियरले गोल गरिन् ।

प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेल भुटान र श्रीलंका तथा दोस्रो खेल नेपाल र माल्दिभ्सबीच खेल हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.