
विराटनगर । टी– २० आई सिरिजको अन्तिम खेलमा अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ ।
घरेलु मैदान डालासमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो ।
अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एकरएक विकेट लिए । हिजोको खेलमा पनि सोमपालले सानदार प्रदर्शन गरेको थिए । तीन खेलको सिरिज नेपालले यसअघि नै जितेको छ ।



















