अमेरिकाविरुद्धको टी-२० आई सिरिजमा नेपालले क्लिनस्वीप

Share this
804shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ५, सोमबार ०९:१९

विराटनगर । अमेरिकाविरुद्धको टी-२० आई सिरिज नेपालले क्लिनस्वीप गरेको छ ।

आज भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकामाथि ८ विकेटको जित निकालेर नेपालले सिरिज क्लिनस्वीप गरेको हो ।

टस जितेर ब्याटिङ राेजेकाे अमेरिकाले  नेपाललाई जितका लागि १५७ रनको लक्ष्य पाएको थियो । नेपालले २ विकेटको क्षतिमा लक्ष्य पुरा गर्याे ।

नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे ।

पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.