
काठमाडौं । नेपालले माल्दिभ्सविरुद्ध गोलको वर्षा गर्दै साफ महिला च्याम्पियनसिपमा फराकिलो हासिल गरेको छ ।
काठमाडौंको दशरथ रंगशालामा सोमबारको खेलमा नेपालले माल्दिभ्सलाई ११–० को फराकिलो गोल संख्यमा जिते निकालेको हो । जितसँगै नेपाल समूहको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

नेपालले मध्यान्तरअघि ४ गोल र मध्यान्तरपछि ७ गोल गर्न सफल भएको थियो । नेपालका लागि रेखा पौडेलले ५ गोल र प्रिती राईले ३ गोल, सविता राना मगर, अमिशा कार्की र अनिता केसीले समान १–१ गोल गरेका थिए ।
नेपालको २ खेलमा ४ अंक छ । भुटानको समान ४ अंक भए पनि गोल अन्तरमा नेपाल अघि छ । श्रीलंकाको ३ अंक हुँदा माल्दिभ्स अंकविहीन छ ।
प्रतियोगितअन्तर्गत बुधबार भारत र बंगलादेशबीच खेल हुनेछ ।



















