
विराटनगर । तिहारमा सर्वोच्च अदालत ५ दिन बन्द रहने भएको छ । अदालती कामकारबाही कात्तिक १५ देखि १९ गतेसम्म बन्द रहने भएको हो ।
सर्वोच्च प्रशासनले सोमबार एक सूचना जारी गर्दै भाइटीका र शनिबारबाहेक बिदा दिइएका अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुने जनाएको छ । सुनुवाइका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहने छ ।


























