काबेली करिडोर प्रसारण लाइनको पुनःनिर्माण सकियो

Share this
808shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २०, मंगलबार १३:४२

विराटनगर । इलामको माइखोलामा असोज दोस्रो साता आएको बाढीले क्षतिग्रस्त बनाएको काबेली करिडोर प्रसारण लाइनको पुनःनिर्माण सम्पन्न भएको छ ।

पुनःनिर्माण गरेर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा ल्याइएको हो । खोलाको बाढीले गत असोज १२ गते काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका– १ र ७ स्थित धोद्रेबेसीमा ४ वटा टावरमा क्षति पुर्याएको थियो ।

बाढीले ५०, ५१, ५१ र ५३ नम्बर टावरमा क्षति पुर्याएको हो । नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत जोडिएका निजी क्षेत्रका २० जलविद्युत आयोजनाको संयुक्त प्रयासमा टावरको पुनःनिर्माण सम्भव भएको हो ।

पुनःनिर्माणपछि सोमबार दिउँसो ४ः३० बजेबाट प्रसारण लाइन सुचारु भएको छ । पुनःनिर्माणमा खटिएका ऊर्जा उद्यमी मोहन कार्कीका अनुसार १९ दिनमा पुनःनिर्माण एवं मर्मत सम्भारको काम सम्पन्न भएको हो ।

प्रसारण लाइन सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरुले विद्युत् उत्पादन सुरु गरेका छन् । भीषण वर्षापछिको बाढीले क्षति गरेपछि आयोजनाहरूबाट असोज १२ गतेदेखि विद्युत उत्पादन ठप्प थियो ।

विद्युत प्राधिकरणले प्रसारण लाइनका पाटपूर्जाहरू लगायतका सामग्री उपलब्ध गराएको थियो भने निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूले श्रम लागत खर्च बेहोरेका हुन् । यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन् ।

माइखोलाको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डको धोद्रेबेसीमा ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई क्षति गरेको थियो । त्यस स्थानबाट साढे सात सय मिटर स्पान राखेर प्रसारण लाइनलाई माइखोला पार गराएको थियो ।

चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रूपमा क्षति पुर्याएको थियो भने ५० र ५३ नम्बरका टावरमा आंशिक क्षति पुगेको थियो । पूर्णरूपले क्षतिग्रस्त भएका ठाउँमा नयाँ टावर बनाएको छ । आंशिक क्षति पुगेका टावरलाई भने मर्मत सम्भार गरेर प्रसारण लाइनलाई सञ्चालनमा ल्याइएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.