
विराटनगर । सर्वाेच्च अदालतले भारतसँगको २५ वर्षे दीर्घकालीन विद्युत् व्यापार सम्झौताविरुद्ध परेको रिट खारेज गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशकुमार सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको पूर्ण इजलासले विद्युत् व्यापार सम्झौता खारेजको मागसहित परेको रिट खारेज गरेको हो ।
मंगलबार रिट खारेज भएपनि आदेशको पूर्ण विवरण आइसकेको छैन ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको थियो । नेपाल र भारतका उर्जा सचिवले १९ पुस २०८० मा दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सो सम्झौतामा १० वर्षमा १० हजार मेगावाट विद्युत् नेपालले भारत निर्यात गर्ने उल्लेख छ ।

























