सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे अनुमोदित

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक २३, शुक्रबार १५:०१
नित्यानन्द पाण्डे र नृपध्वज निरौला

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे अनुमोदित भएका छन् ।

संसदीय सुनुवाइ समितिले शुक्रबार दुवै जनाको नाम सर्वसम्मत अनुमोदन गरेको हो । प्रधान न्यायाधीशको नेतृत्वमा रहने न्याय परिषद्को असोज ११ गते बसेको बैठकले सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम सिफारिस गरेको थियो ।

Advertisement

संसदीय सुनुवाइ समितिबाट अनुमोदित भइसकेका कारण दुवै जना सर्वोच्चको न्यायाधीश हुन योग्य ठहरिएका छन् । अब राष्ट्रपति रामचन्द्र पौडेलबाट उनीहरुले नियुक्ति लिने छन् । त्यसपछि पदमा बहाल हुने छन् ।

निरौला २०९३ साल माघ २५ गतेसम्म सर्वोच्चको न्यायाधीश रहने छन् । त्यसपछि करिब २ महिना प्रधान न्यायाधीश बन्ने छन् ।

पाण्डे २०८७ फागुन १४ गतेसम्म सर्वोच्चको न्यायाधीश रहने छन् । त्यसपछि ६५ बर्से उमेर हदका कारण उनी अवकाशमा जाने छन् ।

अहिले ६ जना न्यायाधीशको पद रिक्त रहेकोमा संसदीय सुनुवाइ समितिको अनुमोदनपछि सर्वोच्च अदालतमा दुई न्यायाधीशको पदपूर्ति हुने भएको छ । सर्वोच्च अदालतमा अझै चार जना न्यायाधीशको पदपूर्ति हुन बाँकी रहने छ ।

शुक्रबार सुनुवाइका क्रममा सांसदहरूले सोधेका विभिन्न प्रश्नको उत्तर प्रस्तावित न्यायाधीशहरूले दिएका थिए । सर्वोच्चको न्यायाधीश सिफारिस हुनुअघि निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश र पाण्डे उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए ।

सुनुवाइ समितिमा निरौलाविरुद्ध दुईवटा उजुरी परेका थिए । पाण्डेविरुद्ध कुनै उजुरी परेको थिएन।

तपाइको प्रतिक्रिया
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
वर्षा प्रभावित किसानलाई सहयाेग गर्न प्रदेश सरकारसँग हारगुहार
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका एक फरार प्रतिवादी पक्राउ
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
जापानको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प
जेनजी आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भयोः ओली
‘स्वर्णबिन्दु प्राशन’ का अभियान : विराटनगरमा स्वयंसेविकालाई तालिम
चौपायालाई खोरेतमुक्त बनाउने अभियान कोशी प्रदेशभरि विस्तार गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.