यू–१९ टोलीमा हेमन्त धामी कप्तान, शक्ति गौचन मुख्य प्रशिक्षक

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २४, शनिबार १९:१७

काठमाडौं । युएईमा हुने एसीसी मेन्स एसिया कपका लागि यू–१९ टोलीमा हेमन्त धामीले कप्तान र शक्ति गौचनले मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् ।

नेपाल क्रिकेट संघ ‘क्यान’ले धामीको कप्तानीमा १८ सदस्यीय यू–१९ टोली घोषणा गरेको हो । यसअघि देव खनाल कप्तान थिए। उनी निरन्तर सिनियर टोलीमा खेल्न थालेपछि धामीलाई कप्तानीको जिम्मा दिइएको क्यानले जनाएको छ ।

अर्जुन कुमालले उपकप्तानको जिम्मेवारी पाएका छन् । टोलीमा आकाश त्रिपाठी, उत्तम रांगु थापामगर, मयन यादव, नरेन साउद, युनिश विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अप्राजित पौडेल, अभिषेक तिवारी, दिलसाद अली र रन्जित कुमार रहेका छन्।

त्यस्तै, क्यानले यू–१९ टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचनलाई नियुक्त गरेर धीरेन्द्र चन्द्रलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.