
काठमाडौं । आईसीसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपाल युएईसँग पराजित भएको छ।
घरेलु टोली युएईसँग शनिबार भएको तेस्रो खेलमा नेपाल १३ रनले स्तब्ध भएको हो । राउन्ड रोबिनमा भइरहेको प्रतियोगितामा नेपालले पहिलोपटक हार बेहोरेको छ ।
यसअघि नेपालले थाइल्यान्डलाई ६७ र कुवेतलाई १०८ रनले पराजित गरेको थियो। युएई भने अहिलेसम्म पराजित भएको छैन । अब नेपालले यही तीन टोलीसँग समान एकपटक खेल्नेछ। शीर्ष दुई टोली फाइनलमा भिड्ने छन्।
विजेताले विश्वकपमा स्थान पक्का गर्नेछ। युएईले दिएको १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सकेको थियो ।



















