काठमाडौं । नित्यानन्द पाण्डे र नृपध्वज निरौला आइतबार सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ (२) बमोजिम पाण्डे र निरौलालाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेका हुन् । संसदीय सुनुवाइ समितिले गत शुक्रबार पाण्डे र निरौलाको नाम अनुमोदन गरेको थियो ।
प्रधान न्यायाधीशको नेतृत्वमा रहने न्याय परिषद्को असोज ११ गते बसेको बैठकले सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौला को नाम सिफारिस गरेको थियो । यसअघि पाण्डे उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश र निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश थिए ।
निरौला २०९३ साल माघ २५ गतेसम्म सर्वोच्चको न्यायाधीश रहने छन् । त्यसपछि करिब २ महिना प्रधान न्यायाधीश बन्ने छन् ।
पाण्डे २०८७ फागुन १४ गतेसम्म सर्वोच्चको न्यायाधीश रहने छन् । त्यसपछि ६५ बर्से उमेर हदका कारण उनी अवकाशमा जाने छन् ।
सर्वोच्चको ६ जना न्यायाधीशको पद रिक्त थियो । पाण्डे र निरौलाको नियुक्तिसँगै अब चार जना न्यायाधीशको पदपूर्ति हुन बाँकी रहेको छ ।