एनपीएल ट्रेडमार्कको दाबीसहित दायर गरेको रिटमा अन्तरिम आदेश अस्वीकार

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २५, आइतबार १५:५७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रेडमार्कको दाबीसहित दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीबार गरेको छ ।

ट्रेडमार्कको दाबीसहित दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीबार गरेसँगै एनपील आयोजना गर्न नेपाल क्रिकेट संघ (क्यान)लाई बाटो खुलेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल)आफूले पहिले नेपाल सरकारअन्तर्गत कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरी प्रतियोगिता आयोजना भइसकेको हुँदै एनपीएल नाम आफ्नो ट्रेडमार्क भएको दाबीसहित आमिर अख्तरले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको हो ।

क्यानले मंसिर १६ गतेदेखि एपीएल सञ्चालन गर्न यस अघिदेखि नै तयारी थालेको थियो । प्रतियोगिता आयोजना गर्नका लागि टिम छनौटलगायतको काम भइसकेको छ ।

जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले एनपीएल आफ्नो टेड्रमार्क भएको हुँदा उक्त प्रतियोगिता आयोजना रोक्नका लागि रिट दायर गरेको थिए ।

आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान)सँग लिखित जवाफ माग गरेको छ । अख्तरले रिट दायर गर्दा एनपीएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरे पनि सर्वाेच्चले अन्तरिम आदेश भने दिएन ।

यो आदेशसँगै एनपीएल सञ्चालनका लागि बाटो खुला भएका हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.