नेपालले थाइल्याण्डलाई १ सय ६ रनले हरायो

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २५, आइतबार १९:३०
तस्बिरः क्यान

काठमाडौं । युएईमा जारी यू १९ महिला टि–२० विश्व कपको एसिया छनोट खेलमा नेपालले थाइल्याण्डलाई १ सय ६ रनको फराकिलो अन्तरमा पराजित गरेको छ ।

चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा नेपालले थाइल्याण्डलाई सस्तैमा समट्दै फराकिलो रन स्कोरमा जितेको हो ।
टस जितेर पहिलो ब्याटिङ थालेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनायो ।

नेपालका लागि साना प्रविनले ४६ बलमा ७ चौकाको सहयोगमा सर्वाधिक ५३ रन, सावित्री धामीले २८ रन, सोनी पाख्रिनले १९ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । थाइल्याण्डका लागि नथारिका ठोकोइले ३, केसिनी कैजुम्फोलले २ तथा कोरानित सुवाञ्चोनराथीले १ विकेट लिए ।

१ सय ४० रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १६ ओभरमा सबै विकेटको क्षतिमा ३३ रनमै समेटियो । थाइल्याण्डका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालकी कुशुम गोदारले ३, रिया शर्मा र रचना चौधरीले समान २ र पूजा महतोले १ विकेट लिइन् ।

नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रोमा कुवेतलाई १ सय ८ रनले पराजित गरेको थियो भने तेस्रो खेलमा भने युएईसँग १३ रनले पराजित भएको थियो ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग २–२ खेल खेल्ने छन् ।
डबल राउण्ड रोबिन लिगका आधार जारी प्रतियोगिताको शीर्ष टोली विश्व कपका लागि छनोट हुनेछ ।

विश्व कप अर्काे वर्ष मलेसियामा आयोजना हुँदैछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.