पाहुन टोली राजविराज स्तब्ध, विराटनगरलाई उपाधि

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २६, सोमबार २०:५५

विराटनगर । विराटनगरमा जारी प्रथम नेपाल हब महिला टी- २० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरले जितेको छ ।

पाहुन टोली राजविराजलाई विराटनगरले २–१ को खेल सिरिजमा पराजित गर्दे उपाधि जितेको हो । नेपाल क्रिकेट फाउण्डेशनले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम खेलमा राजविराजले जिते निकाले पनि सिरिज घरेलु टोली विराटनगरले जितेको छ ।

प्रतियोगितामा राजविराजले विराटनगरलाई ८ विकेटले पराजित गर्दै ३ खेलको सिरिजमा १ खेल जित्न सफल भएको हो ।

टस जितेर ब्याटिङ थालेको विराटनगरले २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ९९ रन बनाएको थियो । रानु राजवंशीले २२ रन र काजल राजवंशीले १० रन बनाए । राजविराजकी सुस्मिता यादवले २ विकेट, अपेक्षा यादव, दीपा राम र साक्षी यादवले १–१ विकेट लिए ।

राजविराजले पाएको १ सय रन लक्ष्य १७ ओभर १ बल खेल्दै २ विकेटको क्षतिमा पूरा गरेका थिए । प्लेयर अफ दी म्याच साक्षी यादवले ५६ रन र बन्दना यादवले ८ रन बनाए । विराटनगरकी सानु राजवंशीले १ विकेट लिइन् ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर राजविराजकी साक्षी यादव र उत्कृष्ट बलर पनि राजविराजकी अपेक्षा यादव भइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.